सिटिजन्स बैंकको एफपीओ बाँडफाँड


आर्थिकन्यूज

काठमाडौं, साउन २५ । सिटिजन्स बैंक लिमिटेड (Citizen Bank International Limited.) को एफपीओ आज शुक्रबार ४६ हजार ३७६ जनालाई १० कित्ता र ६ जनालाई ११ कित्ता शेयर बाँडफाँड गरिएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान एफपीओ बाँडफाँड गरिएको हो ।

एफपीओमा कुल ६२ हजार ७८२ वटा आवेदनबाट ६१ लाख ५ हजार ६३० कित्ता शेयरका लागि आवेदन परेको थियो । त्यसमा ७३ वटा आवेदन रद्ध भएका छन् ।

आवेदक दिएका मध्येबाट गोलाप्रथाद्धारा ४६ हजार ३८२ जनालाई १० कित्ताको दरले ४ लाख ६२ हजार ८२० कित्ता बाँडफाँड गरिएको छ । बाँडफाँड गरेर बाँकी रहेको ६ कित्ता शेयर गोलाप्रथाबाट शेयर पाएकालाई एउटै समूहमा राखि न्युनतम १ कित्ताको दरले ६ कित्ता बाँडफाँड गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया