अब पासपोर्ट ६ प्रकारका, कामको प्रकृति अनुसार अलग अलग पासपोर्ट


आर्थिकन्यूज

काठमाडौं, साउन २५ । सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । mहाल सरकारले कूटनीतिक (रातो), विशेष (निलो), साधारण (हरियो) र यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट/कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ ।

सरकारले संसदमा पेश गरेको रहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रसताव गरेको छ । थपिने दुई प्रकारका राहदानीमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन् ।

विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई ‘सर्भिस पासपोर्ट’ दिने व्यवस्था गरिएको छ ।

पानीजहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसँगै सिम्यान्स पासपोर्टका रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ । राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले राहदानी ऐन २०२४ लाई प्रतिस्थापन गर्न लागिएको बताए । कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया