एलआइसी नेपालले ३६ प्रतिशत बोनस दिने


आर्थिकन्यूज

काठमाडौं, साउन २४ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ३६% (छत्तिस् प्रतिशत) बोनस शेयर र १.८९४७४ नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

कम्पनीको विहिबार बसेको ९४औं संचालक समिति बैठकको निर्णय बमोजिम आ.ब. २०७३/०७४ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पू‘जी (रु.१,३३,४६,७७,५००) को ३६∞ (छत्तिस् प्रतिशत) बोनस शेयर र १.८९४७४∞ नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

उक्त निर्णय बीमा समितिको स्वीकृति र कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीहरुले उक्त लाभांष पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया