साताभर नेप्सेमा निरन्तर गिरावट


आर्थिकन्यूज

काठमाडौं, साउन २४ । साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव ६९ अंकले घटेर १ हजार १ सय ८० दशमलव ६३ को बिन्दुमा कारोबार बन्द भएको छ ।

यस साता नेप्से ५ दिनै नै घटेर बन्द भएको हो । आज बजार खुलेदेखि नै ओरालो लागेर बजार बन्द भएको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ३७ अंकले घटेर २ सय ४९ दशमलव १३ अंकमा पुगेर बन्द भएको छ ।

आज १ सय ६३ कम्पनीहरुका ८ लाख ६९ हजार ३०७ कित्ताको शेयर खरिदबिक्री भई १९ करोड ६९ लाख ४५ हजार २३७ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे शेयर भएको छ । जसको आज २ करोड १९ लाख ८२ हजार ३१९ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कमाउनेमा आरम्भ माइक्रोफाइनान्स, साल्ट टेडिङ्ग, एनएमबी हाईब्रिड फण्ड १ र राष्ट्रिय बीमा कम्पनीका प्रमोटर शेयरका लगानीकर्ताहरु रहेको छ । जसको शेयर मूल्यमा ३ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै सवाधिक गुमाउनेमा मल्टी प्रपोज कम्पनीका लगानीकर्ताहरु रहेको छ । जसको शेयर मूल्यमा ९ दशमलव ०९ प्रतिशतले घटेको छ ।

यस दिन टेडिङ्ग समूह बाहेक अन्य सबै समूहहरुमा रातामै भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया