सिम टीभीको निःशुल्क मनोरञ्जनात्मक च्यानलहरु थप


आर्थिकन्यूज

काठमाडौं, साउन २४ । सिम टीभीले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा रमाइलो एचडी, एक्सन स्पोर्टस् एचडी, प्लस मुभि, जुनियर टीभी, बलिउड बिट्स, सिने हिट्स र गुञ्जन जस्ता मनोरञ्जनात्मक च्यानलहरु थप भएका छन् ।

सिम टीभीको प्लस प्याकेज अन्तर्गत रहने यी च्यानलहरु हालका लागि सम्पुर्ण ग्राहकहरुलाई निःशुल्क प्रदान गरेको छ । रमाइलो एचडीमा नयाँ नेपाली हाँस्य श्रृंखला९ माइकल ज्याक्सन, शेरेले हसाउँछ, दृष्टि र नेपालीमा अनुबाद गरीएका चर्चित हिन्दि टेलिश्रृंखला आनन्दी र जड्यौरी जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सकिनेछ ।

नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्सन स्पोर्टस् एचडीमा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रसारण का साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलकुद सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रसारण हुन्छन् । प्लस मुभिमा दैनिक लोकप्रिय नेपाली सिनेमाको मज्जा लिन सकिने सिम टीभीले जनाएको छ ।

त्यसैगरी जुनियर टीभीमा कार्टुन तथा ज्ञानगुनका सामाग्रीहरुको मज्जा लिन सक्नेछन् । यो नेपालकै पहिलो र एकमात्र कार्टुन च्यानल हो । बलिउड बिट्स च्यानलमा दर्शकहरुले हिन्दी सिनेमाका चर्चित गीतहरु हेर्न सक्नेछन् । गुञ्जन च्यानलमा नेपालभरका लोक भाकाहरु प्रशारण हुनेछन् ।

नेपाली लोक संगीतमा रमाउने दर्शकहरुका लागि यो च्यानलले भरपुर मनोरञ्जन प्रदान गर्नेछ । विशुद्ध नेपाली चलचित्रका गीतहरु मात्र प्रशारण हुने च्यानल सिने हिट्समा दर्शकहरुले नेपाली चलचित्रका नयाँ तथा पुराना गीतहरुको आनन्द लिन सक्नेछन् । अन्य कुनै पनि केबलहरुमा उपलब्ध नभएका यी च्यानलहरुबाट सिम टीभीका ग्राहकहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया