‘नेपाल अाइडल सिजन २’ अाजदेखि शुरू


आर्थिकन्यूज

काठमाडौं, साउन २४ । नेपाल आइडल Nepal Idol 2,को प्रतिक्षा समाप्त भएको छ । नेपाल आइडल प्रथम संस्करणको सफलता पछि नेपाली दर्शकहरु समक्ष यसको दोश्रो संस्करण Nepal Idol 2, AP1 मार्फत आज (बिहिबार)देखी हरेक हप्ताको बिहिबार र शुक्रबार दुइदिन राती ८ः३० देखि प्रसारण हुदैछ ।

अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने Nepal Idol 2 को प्रस्तोतामा भने रिमा विश्वकर्मा संग नयाँ अनुहार देख्न पाइने भएको छ । उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् । नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्धलामाले पहिलो स्थान प्रप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।

नेपाल आइडलमा प्रथम, दाश्रो र तेश्रो स्थान प्रप्त गर्न सफल बिजेताहरुले देश तथा विदेशका बिभिन्न मञ्चहरुमा प्रस्तुती दिदै आफ्नो ख्यातीमा थप उचाइ थपेका थिए । आफुले गाएका गीतहरुको भिडियो प्रसारण हुने बित्तिकै त्चभलमष्लन मा पर्ने गरे बाट आइडलका बिजेताहरुको ख्याती प्रमाणित गर्दछ ।

मन जित्छ उस्ले, सुमधुर गाउछ जस्ले भन्ने नाराका साथ अडिसन राउण्डका कार्यक्रम प्रसारण गर्दै शुरुहुने Nepal Idol 2 का बिजेताले २० लाख नगद, एउटा Honda WR-V Car, एउटा एलबमको सम्झौता र World Tour अथवा ५० लाख नगद, एउटा एलबमको सम्झौता र World Tour मध्ये एक छनौट गर्न पाउने छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया