आरम्भ माईक्रोफाइनान्स वित्तीय संस्थाको नाफा २० लाख, प्रति शेयर आम्दानी ३ रुपैयाँ


आर्थिकन्यूज

काठमाडौं, साउन २४ । आरम्भ माईक्रोफाइनान्स वित्तीय वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७४÷७५ मा २० लाख १० हजार रुपैयाँ मात्रै खुँद नाफा कमाएको छ । यो वित्तीय संस्थाको यस्तो नाफा अघिल्लो आवमा ६ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

यो वित्तीय संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । जगेडा कोषमा ३५ लाख ४६ हजार ऋणात्मक छ । यो संस्थाले गत आवमा ३१ करोड १२ लाख रुपैयाँ सापटी लिएको छ ।

यसले गत आवसम्ममा १० करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३५ करोड ७३ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यो संस्थाको निष्कृय कर्जा अनुपात ७.१२ प्रतिशत छ ।

प्रतिशेयर आम्दानी ३.३५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४.०९ रुपैयाँ छ । यसको प्रतिशेयर कुल सम्पती मूल्य भने ८ण्८.३५ रुपैयाँ रहेको पनि उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया