राधी विद्युत् कम्पनीले कमायो ४ करोड ९८ लाख


आर्थिकन्यूज

काठमाडौं, साउन २४ । राधी विद्युत् कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा ८ करोड ७७ लाख कमाएको छ । यो जलविद्युत कम्पनीले गत आवसम्ममा गरेको यो नाफा भने गत आवसम्मको तुलनमा ३ करोड ९० लाख रुपैयाँले कम देखिएको छ ।

यो जलविद्युत् कम्पनीले सार्वजनिक गरको लेखा परिक्षण नभएको वित्तीय विवरण अनुसार यसको शेयर पुँजी ४५ करोड १० लाख रुपयाँ छ । यसको जगेडा कोष तथा संचित नाफा शीर्षकमा ९ करोड ४० लाख रुपैयाँ छ ।

यसले गत वर्ष विद्युत बिक्रीवापत आम्दानी १३ करोड ७६ लाख रुपैयाँ गरेको छ भने यसको अन्य आम्दानी १ करोड ३५ लाख रुपैयाँ छ । यसको प्रतिशेयर आम्दानी ११.०५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १२०.८६ रुपैयाँ रहेको उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया