सपोर्ट माईक्रोफाइनान्सको नाफा ५२ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ३ रुपैयाँ मात्रै


आर्थिकन्यूज

काठमाडौं, साउन २४ । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्थाको नाफा गत आर्थिक वर्ष २०७४/७५ मा ५२.८० प्रतिशतले घटेको छ । यो संस्थाको नाफा अघिल्लो वर्षमा तुलनामा २५ लाख ३६ हजारले घटेर २२ लाख ६७ हजार भएको हो । यसको अघिल्लो वर्षको नाफा ४८ लाख ३ हजार रुपैयाँ रहेको थियो ।

यो वित्तीय संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ मात्रै छ । यसले जगेडा कोषमा ९ लाख २७ हजार रुपैयाँ मात्रै राखेको छ । यो संस्थाले गत आवमा ७ करोड ३ लाख निक्षेप संकलन गरेर ३९ करोड ७९ लाख कर्जा प्रवाह गरेको छ ।

यसले गत आवसम्ममा ३० करोड ९७ लाख रुपैयाँ सापटी लिएको छ । लिएको छ । यो संस्थाले गत आवसम्ममा गरेको लगानी भने जम्मा १० लाख रुपैयाँ मात्रै छ ।

यसले गत आवमा ६ करोड १९ लाख रुपैयाँ व्याज आम्दानीबाट गरेको छ । यसवापतको खर्च ३ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत आवको संचालन मुनाफा ३५ लाख ६३ हजार रुपैयाँ छ ।

यो संस्थाको निष्कृय कर्जा अनुपात १.७९ प्रतिशत छ । यो संस्थाको प्रतिशेयर आम्दानी ३.८७ रुपैयाँमात्रै रहेको छ भने प्रतिशेयर नेटवर्थ १११.२८ रुपैयाँ छ । यसको प्रतिशेयर कुल सम्पती मूल्य भने ७५२.७४ रुपैयाँ रहेको पनि उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया