डेप्रोक्स लघुवित्तको नाफा २३ करोड ८३ लाख


आर्थिकन्यूज
डिप्रोक्स लघुवित्त

काठमाडौं, साउन २४ । डेप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७४/७५ मा २३ करोड ८३ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो वित्तीय संस्थाको यस्तो नाफा अघिल्लो आवमा २६ करोड २९ लाख रुपैयाँ थियो ।

यो वित्तीय संस्थाको चुक्ता पुँजी ७० करोड ३१ लाख रुपैयाँ छ । जगेडा कोषमा ५१ करोड ७१ लाख रुपौयाँ राखेको यो संस्थाले गत आवमा ४ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ सापटी लिएको छ ।

यसले गत आवसम्ममा २ अर्ब ४१ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ७ अर्ब ७५ करोड ६१ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यो संस्थाले गत आवसम्ममा गरेको लगानी भने जम्मा २० लाख रुपैयाँ मात्रै छ ।

यसले गत आवमा १ अर्ब १५ करोड ५६ लाख रुपैयाँ व्याज आम्दानीबाट मात्रै कमाएको छ भने यसवापतको खर्च ५२ करोड ९८ लाख रुपैयाँ रहेको छ । गत आवको संचालन मुनाफा ५० करोड ५० लाख रहेको यो संस्थाको निष्कृय कर्जा अनुपात ०.७५ प्रतिशत छ ।

यो संस्थाको प्रतिशेयर आम्दानी ३३.९० रुपैयाँ रहेको छ भने प्रतिशेयर खुँद किताबी मूल्य १७३.५६ रुपैयाँ छ । यसको प्रतिशेयर कुल सम्पती मूल्य भने १२२९.९५ रुपैयाँ रहेको पनि उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया