भारुमा ऋण लिन बैंकलाई बाटो खुल्यो, प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने


आर्थिकन्यूज
भारत-जाँदा

काठमाडौं, साउन २४ । नेपाल राष्ट्र बैकले वाणिज्य बैंकहरुलाई भारतीय रुपैयाँमा कर्जा लिनसक्ने व्यवस्था गरेको छ ।बैंकहरुलाई स्रोतको अभाव भएपछि भारतीय रुपैयाँमा पनि कर्जा लिन सकिने व्यवस्था गरिएको हो ।

केन्द्रीय बैकले यसअघि डलरमा कर्जा लिन सकिने व्यवस्था गरिसकेको थियो ।भारतीय रुपैयाँमा सहज हुने तथा हेजिङ कस्ट नपर्ने भएकाले बैंकहरुको अनुरोधपछि चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत भारुमा कर्जा लिन आवश्यक व्यवस्था गरिने उल्लेख गरिएको थियो ।

चालू आर्थिक वर्षको मौद्रीक नीतिले लगानीयोग्य साधन बढाउने उद्देश्य राखी राष्ट्र बैंकले २०७४ चैत्र २० गते बाणिज्य बैंकहरुलाई प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा बाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको थियो ।

यसको दायरा थप विस्तार गर्दै बैंक तथा वित्तीय संस्थाहरुले भारतीय मुद्रामा समेत प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । कारोबार दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया