शेयरमा लगानीकर्ता आकर्षित हुन सकेनन्, कारोबार अत्यान्तै न्यून हुन थाल्यो


आर्थिकन्यूज

काठमाडौं, साउन २३ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको गिरावट कायमै छ । साताको शुरुदेखि नै झिनो अंकले घट्दै गएको नेप्से परिसूचक बुधबार पनि शून्य दशमलव ८९ अंकले घटेको छ ।

यस दिन ४ लाख ७४ हजार ८६१ कित्ता शेयर १४ करोड ९१ लाख ९७ हजार ७९५ रुपैयाँमा कारोबार भएको छ । पछिल्ला केही दिनयता शेयर बजार झिनो अंंकको उतारचडाव भए पनि समग्रमा स्थिर जस्तै देखिएको छ । लगानीकर्ताहरु अझै ‘पर्ख र हेर’को स्थितिमा रहेका कारण बजारमा प्रशस्त शेयर किनबेच हुन छोडेको छ । दैनिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने शेयर बजारमा हिजोआज एक सातामा पनि अर्ब रुपैयाँको कारोबार हुन छोडेको छ ।

यस दिन होटल, जलविद्युत् र अन्य समूहबाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी २२ दशमलव ३६ अंकले जीवन बीमा समूहको परिसूचक घटेको छ । तर, होटल समूह ३७ दशमलव ४६ अंकले बढेको छ ।

बुधबार सबैभन्दा धेरै फस्ट माइक्रो फाइनान्सको कारोबार भएको छ । यस कम्पनीको ८४ लाख ८४ हजार ८१९ रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै यस दिन सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताले कमाएका छन्, यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९२ प्रतिशतले बढेको छ। सबैभन्दा बढी गुमाउनेमा नयाँ नेपाल लघुवित्त संस्था र विजय लघुवित्तका लगानीकर्ता रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया