बिमस्टेक सम्मेलनमा बुलेटप्रुफ, मोदीदेखि तोग्वेसम्म काठमाडौं आउँदै


आर्थिकन्यूज

काठमाडौं, साउन २३ । गृह मन्त्रालयले चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकायेका लागि बंगाल खाडीको प्रयास (विमस्टेक) सम्मेलनमा बुलेटप्रुफ गाडि र जामर भाडामा ल्याउने भएको छ ।

सुरक्षा निकायसँग भएका साधनस्रोतलाई प्रयोग गर्ने र अपुग सवारी र जामर भारबाट ल्याउने तयारी भइरहेको सम्मेलन व्यवस्थापन बैंठकमा सहभागि एक सदस्यले बताए ।

प्रहरसँग २ वटा जामर र ४ वटा बुलेटप्रुफ गाडि छन् । तर, नियमति रुपमा सञ्चालनमा नरहेका कारण आपतकालिन अवस्थामा समस्या पर्न सक्ने जानकारी प्रहरिले गराइसकेको छ ।

सम्मेलनका लागि २० वटा जीप, प्रतिगोटा ४० लाख पर्ने ६५० सीसीका ७४ वटा साइरन जडित मोटरसाईकल पनि किन्न प्रस्ताव गरेको छ ।

सम्मेलन भदौ १४ देखि १५ सम्म काठमाडौंमा हुँदै छ । सम्मेलनमा श्रीलंकका राष्ट्रपति श्रीलंका मैत्रीपाल सिरिसेना, म्यानमारका राष्ट्रपति विन मिन्ट, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री छिरिङ तोग्वे, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चानओचा आउने भएका छन् । कारोबार दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया