अवैध भारतीय र नेपाली रकमसहित तीन जना पक्राउ


आर्थिकन्यूज

काठमाडौं, साउन २३ ।  महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध भारतीय रुपैँया दुई लाख ६३ हजार २०० र नेपाली एक लाख रुपैँयासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरका ५० वर्षीय ज्योतिरत्न बज्राचार्य, ६१ वर्षीय हरिशरण श्रेष्ठ र ५९ वर्षीय प्रेमलाल श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दक्षिणकाली नगरपालिका–५ फर्पिङमा विभिन्न सवारी साधन चेकजाँचका क्रममा उनीहरुलाई सोमबार राति पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

बा६च ३७७९ नंको सिल्भर रंगको हुण्डाई टक्सन कारको डिक्कीमा लुकाएर ल्याएको अवस्थामा उक्त रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया