दर्जन कम्पनीको हकप्रद शेयर जारी गर्न तछाडमछाड


शान्ति श्रेष्ठ

काठमाडौं, साउन २२ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आएको निरन्तरको गिरावटका कारण पुँजी बजारका लगानीकर्ता उत्साहित हुन नसकिरहेको सन्दर्भमा बजारमा नयाँ शेयर थपिने क्रम पनि बढ्दो छ ।

यतिखेर करिब एक दर्जन कम्पनीको हकप्रद शेयर थपिने क्रममा छ । पछिल्लोपटक ७ वटा कम्पनीले हकप्रद शेयर बिक्री गरिहेका छ भने ४ वटा कम्पनीको हकप्रद बिक्री खुल्ला हुने तयारीमा छ ।

यसै सन्दर्भमा जेबिल्स फाइनान्सले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर असार १० गतेदेखि बिक्री खुल्ला गरेको छ । कम्पनीको हकप्रद शेयर निष्काशन बन्द हुने मिति साउन २८ गते रहेको छ । यसको शेयर बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै सिनर्जी फाइनान्सले १ बराबर ०.२५ को अनुपातमा अर्थात २५ प्रतिशत हकप्रद शेयर असार २५ गतेदेखि साउन २७ गतेसम्म खुल्ला रहेको छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । मिर्मिरे माइक्रोफाइनान्सको १ बराबर १ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर र समता माइक्रोफाइनान्सको २ बराबर १ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर असार २७ गतेदेखि बिक्री खुल्ला भएको छ र अन्तिम मिति साउन २९ गते रहेको छ । यी कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १० बराबर ६ को अनुपातमा अर्थात ६० प्रतिशत हकप्रद शेयर साउन १ गतेदेखि भदौ ४ गतेसम्म बिक्री खुल्ला रहेको छ । यसको पनि शेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ ।
साथै नागवेली लघुवित्त विकास बैंकको १ बराबर १ को अनुपातमा अर्थात शतप्रतिशत हकप्रद शेयर साउन ४ गतेदेखि भदौ ७ गतेसम्म खुल्ला गरिएको छ । जसको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

यसैगरी स्वरोजगार लघुवित्त वित्तीय संस्थाको पनि १ बराबर १ को अनुपातमा अर्थात शतप्रतिशत हकप्रद शेयर साउन १३ गतेदेखि भदौ १७ गतेसम्म खुल्ला गरिएको छ । जसको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ .
हकप्रद शेयर जारी गर्नेमा नयाँ नेपाल लघुवित्त विकास बैंक पनि रहेको छ । यस कम्पनीको साउन २७ गतेदेखि भदौ ३१ गतेसम्म हकप्रद शेयर बिक्रीका निम्ति खुल्ला गरिने भएको छ । कम्पनीले १ बराबर २ दशमलव ५ को अनुपातमा अर्थात २५० प्रतिशतको हकप्रद शेयर बिक्री खुल्ला गर्दैछ । कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

त्यस्तै गरी सिटी एक्सप्रेस फाइनान्सको १ बराबर १ दशमलव ६७ को अनुपातमा १६७ प्रतिशतको हकप्रद शेयर भदौ १ गतेदेखि असोज १ गतेसम्म बिक्री खुल्ला हँुदैछ । जसको बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट रहेको छ ।

नेपाल क्रेडिट एन्ड कमर्स बैंकको २ बराबर १ को अनुपातमा ५० प्रतिशतको हकप्रद शेयर भदौ ४ गतेदखि असोज ७ गतेसम्म बिक्री खुल्ला रहने छ । जसको बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रोगे्रसिभ फाइनान्सको १ बराबर २ दशमलव ८१ को अनुपातमा अर्थात २८१ प्रतिशतको हकप्रद शेयर भदौ ५ गतेदेखि असोज ८ गतेसम्मलाई खुल्ला गरिनेछ । जसको बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया