पूर्णिमा विकास बैंकको नाफा २५ प्रतिशतले घट्यो, १० करोड कमाएको बैंकको नाफा घटेर ७ करोडमा सिमित


आर्थिकन्यूज
पूर्णिमा बैंकको हकप्रद शेयर सूचिकृत

काठमाडौं, साउन २२ । पूर्णिमा विकास बैंकको नाफा ५२.५२ प्रतिशतले घटेको छ । यो बैंकको नाफा गत आव २०७४/७५ मा २ करोड ५५ लाख ६५ हजार रुर्पैयाँले घटेको छ ।

बैंकले अघिल्लो वर्ष १० करोड १ लाख ५३ हजार कमाएकोमा गत आवमा यो नाफा घटेर ७ करोड ४५ लाख ८८ हजारमा सिमित भएको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

यो बैंकको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ । यसको जगेडा कोषमा १३ करोड ७२ लाख रुपैयाँ छ । गत आवसम्ममा यो बैंकले २ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरेर२ अर्ब ४२ करोड ९१ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यसको लगानी ६ करोड ७ लाख रुपैयाँ छ ।

व्याज आम्दानीबाट गत वर्ष ३६ करोड ३३ लाख रुपैयाँ आर्जन गरको यो संस्थाको संचालन मुनाफा ११ करोड ३० लाख रुपैयाँ रहको छ । यो वित्तीय संस्थाको खराब कर्जा अनुपात ०.१२ प्रतिशत छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया