कोरिया जाने कामदारको लागत १३ हजार घट्यो, हवाई भाडा घटेपनि कामदारलाई फाइदा


आर्थिकन्यूज

काठमाडौं, साउन २२ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जाने युवाले बोहोर्दै आएको लागत शुल्क घटेको छ । सरकारले ईपीएस अन्तर्गतग कोरिया जाने युवाले तिर्दै आएको हवाई भाडा घटाएपछि दक्षिण कोरिया जाने नेपाली युवाको लागत शुल्क घटेको हो ।

बैदेशिक रोजगार विभाग ईपीएस शाखा कोरियाका निर्देशक कृष्णप्रसाद खनालले कोरिया जाने कामदारको हवाई भाडा प्रतियात्रु ११८ डलर अर्थात करिब १३ हजार रुपैयाँका दरले घटेको जनाउँदै आएको छ ।

नेपालबाट कोरिया जानका लागि प्रत्येक नेपाली कामदारले हवाई भाडामार्फत तिर्दै आएको ५३० अमेरिकी डलरबाट २३ प्रतिशत घटाएर ४११ डलर काय गरिएको छ । कारोबार दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया