क्रिकेटः बंगलादेशले २–१ ले जित्यो सिरिज


रासस/एएफपी

लाउडरहिल,  साउन २१ ।  बंगलादेशले तीन म्याचको टी२० अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार खेलिएको खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको छ । यो जितसँगै बंगलादेशले तीन म्याचको प्रतियोगिता २–१ ले जितेको छ । 

अमेरिकाको फ्लोरिडामा भएको उक्त प्रतियोगितामा पहिले ब्याटिङ गर्दै बंगलादेशले पाँच विकेटको क्षतिमा १८४ रनको विशाल स्कोर बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजको सुरुआत राम्रो भएन । वेस्ट इन्डिजका तर्फबाट २१ बलमा धुँवाधार व्याटिङ गरेका आन्द्रे रसेलले ४७ रन बनाए पनि त्यो काम लागेन । वेस्ट इन्डिजले १७.१ ओभरमा १३५ रन बनाएपछि मुसलधारे वर्षा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया