‘उत्तर कोरियाका परमाणु कार्यक्रम जारी’


एजेन्सी

काठमाडौं, साउन १९ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले तयार पार्न लगाएको एउटा अध्ययन प्रतिवेदनले राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्योङयाङले जहाजबाट गैरकानूनी रूपमा पेट्रोलियम पदार्थको ओसारपसारलाई ुव्यापक रूपमा बढाएकोु र विदेशमा अस्त्र बेच्ने प्रयास पनि गरिरहेको सो प्रतिवेदनले उल्लेख गरेको छ।

स्वतन्त्र विज्ञहरूको समूहले उक्त गोप्य अध्ययन प्रतिवेदन सुरक्षा परिषद्लाई शुक्रवार बुझाएको हो। उत्तर कोरियाले उक्त प्रतिवेदनका नतिजाबारे अहिलेसम्म कुनै टिप्पणी गरिसकेको छैन।

राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै प्योङयाङले जहाजबाट गैरकानुनीरुपमा पेट्रोलियम पदार्थ ओसारपसार गरिरहेको र विदेशमा अस्त्र बेच्ने प्रयास पनि गरिरहेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले तयार पार्न लगाएको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया