देवः विकास बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम


आर्थिकन्यूज

काठमाडौं, साउन २ । देवः विकास बैंक १३औं वर्षमा प्रवेश गरेको शुभ अवसरमा लालदरबारस्थित बैंकको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम गरिएको बैंकले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ब्लड डोनर्स एशोसिएसन नेपाल, काठमाडौं जिल्लाको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गरेका थिए । बैंकका कर्मचारीलगायत स्थानीय स्वय्मसेवी रक्तदाताको समेत उत्साहजनक सहभागिता रहेको यस प्रकारका कार्यक्रम आगामी दिनमा बैंकका अन्य शाखा कार्यालयमा समेत गरिने बैंकले जनाएको छ ।

बैंकको पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरिनुका साथै मन्दिर परिसरमा ज्येष्ठ नागरिकहरुलाई फलपूmल वितरण गरियो । त्यस्तै नुवाकोटको बट्टारमा आयोजित कार्यक्रममा विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई सामाजिक उत्तरदायित्व अन्तर्गत १ थान फोटोकपी मेसिन र स्क्यानर मेसिन प्रदान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया