स्पर्स लघुवित्त दोस्रो वर्षमा प्रवेश


आर्थिकन्यूज

काठमाडौं, असार ३१ । स्पर्स लघुवित्त वित्तीय संस्थाले आफ्नो स्थापनाको पहिलो बर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।

उक्त अवसरमा सस्थाका १५ वटा शाखा कार्यालयहरुमा संस्थागत समाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा गरिव विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

साथै संस्थाले वित्तीय साक्षरता सम्बन्धीप्रभात फेरी कार्यक्रम, वृद्धाश्रममा वद्धवृद्धाहरुलाई फलफुुल तथा खाद्यान्न समेत वितरण गरेका संस्थाले जनाएको छ ।

पोखरा लेखनाथ महानगरपालिका विजयपुरमा स्थित वित्तीय संस्थाको केन्द्रीय कार्यालयले शुक्रबार वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम गरेको थियो ।


उक्तप्रभात फेरी कार्यक्रमको समापन गर्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय साक्षरता अझै पनि करिव ६० प्रतिशत जनता नपुगेको बताएका थिए ।

जनता बैंक नेपाल, मेगा बैंक नेपाल तथा विभिन्न ७५ जना व्यवसायी तथा समाजसेवी व्यक्तित्वहरुबाट प्रर्वद्धन गरिएको यस वित्तीय संस्थाले २०७४ असार २९ गते देखि विधिवत रुपमाआफ्नो लघुवित्त कार्यक्रमको सुरुवात गरकोे थियो ।

वित्तीय संस्थाले प्रथमबर्षको अवधिमा आफ्ना १५ वटा शाखा कार्यालयहरु स्थापना गरी करिब ८६ हजार सदस्यहरुलाई ३८ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने. ५ करोड ९० लाख रुपैयाँ बचत संकलन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया