भारतीय शेयर बजारमा उछाल, रिलायन्समा लगानी गर्नेले एक घण्टामा १० हजार करोड कमाए


आर्थिकन्यूज

एजेन्सी, असार ३० । भारतीय शेयर बजारले दैनिक जस्तो नयाँ रेकर्ड बनाइरहेको छ । शुक्रबार भारतीय शेयर बजारमा नयाँ रेकर्डका साथ ३६ हजार ७ सय अंकभन्दामाथि पुगेको छ । बजारमा देखिएको उछालका कारण भारतीय शेयर बजारमा लगानी गर्नेले पनि मनग्दै आम्दानी पनि गरिहेका छन् ।

शुक्रबार मात्र मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज(आरआइएल)मा लगानी गर्नेले एक घण्टामा १० हजार करोडभन्दा बढी कमाएका छन् । केहिदिन देखि आरआइएलको शेयरमा लगानी गर्नेले राम्रै कमाइ गरिहेका थिए ।

शुक्रबार आरआइएलको शेयरमा २ दशमलब २० प्रतिशतले वृद्धि भएको थियो । कम्पनीको शेयर वृद्धि भएर एक हजार ८२ रुपैयाँ ३५ पैसाबाट एक हजार एक सय ६ रुपैयाँ ७४ पैसासम्म पुगेको थियो ।

७ लाख करोड पुग्यो बजार क्याप

आरआइएलको शेयरको मुल्य ११०६ रुपैयाँ पुगेपछि कम्पनीको मार्केट क्याप ७ लाख करोड रुपैयाँ भएको छ । भारतमा टिसिएल कम्पनी पछि दोस्रो नम्बरमा मार्केट क्याप बढी हुने कम्पनीमा आरआइएल पुगेको छ । सन् २००७ मा आरआइएलको मार्केट क्याप १०० अर्ब डलरभन्दा माथि रहेको थियो ।

आरआइएलले आफ्नो वार्षिक साधारणसभामा केहि नयाँ योजना समेत सार्वजनिक गरेको थियो । कम्पनीले सार्वजनिक गरेको नयाँ प्लानका कारण बजारमा उछाल आएको बताइएको छ । जुलाई ५ मा कम्पनीको शेयर ९६५ रुपैयाँ रहेको थियो एजिएमको घोषणापछि मात्र १४.७ प्रतिशतले कम्पनीको शेयरमा वृद्धि भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया