एनआईसी एशियाका एकैसाथ दुईवटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा


आर्थिकन्यूज

काठमाडौं, असार ३० । एन आई सी एशिया बैंकले दुइस्थानमा शाखारहति बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकले पर्वत जिल्ला, फलेवास नगरपालिकाको थापाठानामा र बर्दिया जिल्ला, बडैयाताल गाउँपालिकाको सितलाबजारमा आपm्नो बाह्रांै र तेह्रांै शाखारहित बैंकिङ्ग सेवा शुक्रबारबाट संचालनमा ल्याएको छ ।

बैंकले फलेवास नगरपालिकाको थापाठानामा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन पर्वत जिल्लाको उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा गरेका थिए भने बंैकको उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले श्रीमती कविता कुँवरलाई नियुक्त गरेको छ ।

यसैगरि बैंकले बडैयाताल गाउँपालिकाको सितलाबजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोहि गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सुन्दरमान श्रेष्ठ गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धनसिंह सुनारलाई नियुक्त गरेको छ ।

बैंकका मुलुकभर २२६ शाखा कार्यालयहरु, २१९ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया