लेखापरीक्षण नगर्नेको नाम तोकेरै कारबाही हुने, बर्षोदेखि लेखापरीक्षण नगराउने निकायलाई थप तनाब


आर्थिकन्यूज

काठमाडौं, असार २९ । महालेखा परीक्षकको कार्यालयले अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै कारबाहीको सिफारिस गर्ने भएको छ ।

प्रतिनिधिसभामा पेश गरिएको महालेखा परीक्षण विधेयकमा लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै कारबाहीको सिफारिस गर्न प्रस्ताव गरेको हो ।

जसअनुसार अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि व्यक्ति नै किटेर कारबाहीको लागि सिफारिस हुनेछ ।

सम्बन्धित कामको जिम्मेवारी तोकिएका पदाधिकारी वा व्यक्तिलाई महालेखापरीक्षकले विभागीयलगायत प्रचलित कानूनबमोजिमको कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने बुँदा प्रस्ताव गरिएको छ ।

महालेखाको प्रतिवेदन अनुसार ठूलै कार्यालयले पनि लेखापरिक्षण गराएका छैनन् । अब यस्ता निकायलाइ कारवाही गर्न थप सहज हुने गरी सरकारले लेखापरीक्षण विधेयक २०७५ ल्याउन लागेको हो । कारोबार दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया