बिरामीले प्रयोग गर्ने अक्सिजनको मूल्यमा मनोमानी बृद्धि, अब २ सय पर्ने अक्सिजनको मूल्य ४५०


आर्थिकन्यूज

काठमाडौं, असार २९ । बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् ।

मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी मूल्य बढाएका हुन् । ती कम्पनीले साविकको २ सय रुपैयाँ मूल्यमा पाइने अक्सिजन ग्यास सिलिन्डरको मूल्य बढाएर ४ सय ५० रुपैयाँ बनाएका हुन् ।

हरेक जिल्लामा कालोबजारी नियन्त्रण गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारी तथा त्यस अन्तर्गत रहेका संयन्त्रको हो । तर, गृह मन्त्रालय अन्तर्गतको यो संयन्त्र कमजोर र निस्प्रभावी हुँदा व्यापारीले अक्सिजन ग्यासजस्तो संवेदनशील बस्तुमा दोब्बरभन्दा बढीले मूल्य बढाएका हुन् । कारोबार दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया