नेपालको १५२ देशसँग व्यापार, ४४ देशबाट आयात मात्रै


आर्थिकन्यूज

काठमाडौं, असार २९ । मुलुकको वैदेशिक व्यापार विस्तार हुँदै एक सय ५२ भन्दा धेरै देशमा पुगिसकेको छ । एक लाखभन्दा तलको व्यापार गर्ने मुलुकको संख्या दर्जनौं छन् ।

वैदेशिक व्यापारको तथ्यांक हेर्दा चाख लाग्दो विषय के छ भने, नेपालले व्यापार गर्ने एक सय ५२ मुलुकमध्ये ४४ देशसँग दुईपक्षीय व्यापार छैन । अर्थात ४४ मुलुकबाट नेपालले आयात मात्र गरेको छ, निर्यात शून्य छ ।

त्यसो त सानो संख्यामा भए पनि नेपालले निर्यात मात्र गर्ने मुलुकको संख्या ११ छ । यसैमा अर्को रोचक तथ्य के छ भने, नेपालले आयात मात्र गर्ने मुलुकको संख्या बढिरहँदा र निर्यातमात्र हुने देशको संख्या घटिरहेको छ ।

मुलुकले सामान आयातमात्र गर्ने कतिपय देशहरु यस्ता छन्, जुन वर्षोदेखि द्वन्द्व, गरिबी र आर्थिक संकटको दलदलमा फसेका छन् । जस्तो कि नाइजेरिया, भेनेजुएला, इथियोपिया, हैटी सियरा लिओन, इराक र अरु यस्तै । नागरिक दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया