आँखुखोला जलविद्युतको आइपीओ आउँदै


आर्थिकन्यूज

काठमाडौं, असार २९ । आँखुखोला जलविद्युत कम्पनीले प्राथमिक शेयर (आइपीओ)निष्काशन गर्ने अनुमति पाएको छ। आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणलार्इ शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको हो।

आयोजनाले क्रेडिट रेटिङ इक्रा एनपी आइपिओ ग्रेड ५ पाएको छ। कम्पनीले प्रभावित क्षेत्रको लागि जम्मा निष्काशनको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँको शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ।

सिभिल क्यापिटल विक्रि प्रबन्धक रहेको छ । ७८ रुपैयाँ नेटवर्थ रहेको छ भने कम्पनीको वासलत समेत नकारात्मक रहेको छ । धादिङको सल्यानकोट र मारपाकमा निर्माण भएको ८.४ मेगावाट क्षमताको आयोजनाको प्रतिमेगावाट लागत २८ करोड १० लाख रुपैयाँ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया