अाज भानु जयन्ती


आर्थिकन्यूज

काठमाडाैं, असार २९ । हरेक वर्ष असार २९ गते भानु जयन्तीकाे रूपमा मान्दै अाइरहेकाे छ । १८७१ असार २९ गते जन्मेका भानुभक्त अाचार्यले नेपाली साहित्य क्षेत्रमा दिएकाे याेगदानकाे सम्झना स्वरुप हरेक वर्ष मनाउँदै आइरहेको छ ।

काे हुन् भानुभक्त अाचार्य ?

  • वि.सं. १८७१ आषाढ २९ गते आइतवारका दिन पिता धनञ्जय र माता धर्मावतीदेवीको कोखबाट भानुभक्तको जन्म भएको थियो ।
  • पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागे पछि बाजे श्रीकृष्णले माघ शुक्ल पञ्चमीका दिन भानुभक्तलाई अक्षरारम्भ गराएका थिए ।
  • दस बर्षको उमेरमा भानुभक्तको पहिलो विवाह चन्द्रकान्तादेवीका साथ भएको थियो । विवाह भएको केही महिना पछि चन्द्रकान्ताको मृत्यु भयो । भानुभक्तको दोश्रो विवाह एघार वर्षको उमेरमा तनहुँ जिल्लाको मानुङ्ग गाउँकी चन्द्रकलादेवी संग भयो ।
  • जीवनको अन्तिम घडीमा काशीमा देह त्याग गर्ने बाजेको इच्छा अनुसार भानुभक्त बाजे श्रीकृष्णका साथ काशी गएका थिए । वि.सं. १८८९ तिर बाजे श्रीकृष्णले काशीमा देह त्याग गरे पछि भानुभक्त आफ्नो गाउँ फर्के ।

काशीबाट आफ्नो गाउँ फर्कंदा यिनी १९ वर्षका लक्का जवान भई सकेका थिए । काशीवासको समयमा उनले त्यहाँ शास्त्रीय अध्ययन समेत गरेका थिए । साथै काशीमा विद्वानहरुका संगतले यिनमा गजबको कवित्व शक्ति जागृत भई सकेको थियो । समय पाउना साथ प्रसंग अनुसार रमाइला फुटकर रचनाहरु गरी हाल्दथे ।

एक पटक भानुभक्त ससुराली मानुङ्ग तर्पm जाँदा ज्यादै तिर्खा लागेकोले कुवाको पानी खाए । संयोगवस कुवा बनाउने घाँसीसंग यिनको भेट त्यही भयो (घाँसी – (१) प्रा.डा. व्रतराज आचार्यले ‘भानु दर्शन’ वर्ष ३२ अङ्क २ पूर्णाङ्क ८, २०६३ मा घाँसीको नाम चागुनारायण पन्थ लेखेका छन् । (२) नाट्यसम्राट बालकृष्ण समले आफ्नो भक्त भानुभक्त (नाटक) मा घाँसीलाई ठूले मगर भनि चिनाएका छन् । आदिकवि भानुभक्तको समयका घाँसी बाहुन थिए कि मगर खोजको विषय छ ।) । घाँसीले घाँस दाउरा गरेर आर्जन गरेको रकमले कुवा खनाएको जानकारी भानुभक्तलाई दिए । घाँसीको कुराले भानुभक्तको मन छोयो । अनि उनले कविता लेखे –

भर्जन्म घाँसतिर मन्–दिइ धन् कमायो ।
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ।।
मेरा इनार न त सत्तल पाटि क्यै छन् ।
जे छन् र चीजहरु छन् घरभित्र नै छन् ।।
तेस् घाँसीले कसरी आज दिएछ अर्ती ।
धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।।

यद्यपि समयकाल परिस्थिति अनुसार यो कविताको तालमेल नभएको भनि धेरै विद्वानहरुबाट विवादको घेरामा राखिएको छ । तथापि मोतीराम भट्टका अनुसार यो कविता वि.सं. १८९१ मा लेखिएको हो ।

भानुभक्तको अर्को आलोच्य कविता हो –
गजाधर सोतीकी घरबुढि अलच्छिनकि रहिछन् ।
नरक् जानालाई सबसित बिदाबादि भइछन् ।।
पुग्यौँ साँझमा तिन्का घर पिँडिमहाँ बास गरियो ।
निकालिन साँभैmमा अलिक पर गुज्रान गरियो ।।

यस कविता सन्दर्भमा प्रा. डा. व्रतराज आचार्य(१) लेख्छन् – “भानुभक्त वि.सं. १९०१ मामा यज्ञलालको भदाहा सालो कलाधरलाई गायत्रीमन्त्र सुनाउन भोर्लेटार जाँदा बीच बाटामा पर्ने तारुका गाउँमा गजाघर सोतीका घरमा बास माग्न पुगेका थिए तर सोतीका घरबूढीले उनलाई बास दिएनन् । उनले अलि पर गई अरुका घरमा रात गुजार्नु प¥यो । बाबु बाजेको पालादेखि चिनजान भएको र एक मानो खानलाउन पुग्ने परिवारकी नारीले साँझमा आएको पाहुनालाई बास नदिएको घट्ना गृहस्थी धर्मको विपरित थियो । फलतः भानुभक्तले गजाधर सोतीकी “घरबूढी” लाई “अलच्छिन्की” भनि गाली गर्दै कविता समेत रचना गरे ।

बाबु धनञ्जय जागिर छँदै परलोक भएकाले पिताको जागिरको हरहिसाब भानुभक्तले कुमारीचोकमा बुझाउन नजान्दा यिनी पाँच महिना कुमारीचोकको निगरानीमा थुनिए । थुनामा बस्दा यिनले रामायणका अयोध्याकाण्ड, आरण्यक काण्ड, किस्किन्धा काण्ड र सुदर काण्ड रचना गर्ने अवसर पाए । पछि कुमारी चोकबाट यिनलाई छुटकारा मिल्यो । तर थुनामा बस्दा त्याहाँको वातावरण र व्यवस्थापन सम्बन्धमा रमाइलो व्यङ्ग्यात्मक कविता लेखेका छन् –

रोज रोज दर्शन पाउँछु चरणको ताप छैन मनमा कछू ।
रात्भर नाच पनि हेर्छु खर्च नगरी ठूला चइन्मा म छू ।।
लाङखुट्टे उपियाँ उडूस सँगि छन् यिनकै लहरमा बसी ।
लाङखुट्टेहरु गाउँछन् ति उपियाँ नाच्छन् म हेर्छू बसी ।।

वि.सं. १९१९ तिर मित्र तारापतिको घरमा बास बस्दा राति तारापतिको पत्नी र बुहारीको झगडाले रातभर सुत्न नसकेका भानुभक्तले त्यही रात “बधूशिक्षा” नामक काव्य तयार गरे । यो “बधूशिक्षा” पनि आलोचनाको बडेमाको घेरा भित्र छ –
प्रातः कालमहाँ उठेर पहिले ध्यान ईश्वरकै गरून ।

सो ईश्वर पति हुन भनेर पछि त्यो भक्ती पतीमा धरून ।।
भक्तीले पति ईश्वरै बुझि पतीका पाऊतल्मा परून ।
पूजा हो पतिको भनेर घरका काममा अगाडी सरून ।।
हाँस्नू छैन कदापि नारिहरूले वेश्यै हुन्या हाँस्तछन् ।
वेश्या लौ नहउन तथापि घरका काम ता सभै नास्तछन् ।।
एक्लै हाँस्न हुँदैन कोहि नभयी अर्को संगी भो जसै ।
हाँस्तैमा दिन जान्छ यहि रितले काम वित्तछन् सब तसै ।।

यसरी आदिकवि भानुभक्तले केही फुटकर कविता प्रश्नोत्तर, बधूशिक्षा, भक्तमाला जस्ता लघुकाव्य र रामायण महाकाव्यको रचना गरे र वि.सं. १९२५ आश्विन शुक्ल पञ्चमीका दिन ५४ बर्षको उमेरमा इहलीला त्याग गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया