सिटिजन्स बैंक र किष्ट मेडिकल कलेजबीच सम्झौता


आर्थिकन्यूज

काठमाडौं, असार २८ । सिटिजन्स बैंक इन्टरनेसनल र किष्ट मेडिकल कलेज शिक्षण अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले किष्ट मेडिकल कलेज शिक्षण अस्पताल (किष्ट हस्पिटल) मा उपचार गराउँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले ७४ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट सेवा प्रवाह गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया