मौद्रिक नीतिविरुद्ध सर्वोच्चमा रिट


आर्थिकन्यूज

काठमाडौं, असार २८ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कानुन व्यवसायी भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले मौद्रिक नीतिमा भारतीय मुद्रामा ऋण लिने अनुमति दिएको हुँदा सोको खारेजीको माग गर्दै रिट दायर गरेका हुन् ।

रिट निवेदनमा सो नीतिले नेपालको मौद्रिक सार्वभौमसत्ता खतरा परेको, नेपाली स्वाधीनताको अन्त्य हुन सक्ने संभावना रहेको र समानताको आधारमा अन्य देशहरुसँग आर्थिक सम्बन्ध राखिने भनी संविधानले निदृष्ट गरेको राज्यका निर्देशक सिद्धान्त र नीतिसँग बाझिएको समेत दावी गरिएको छ । सो रिट निवेदन उपर पहिलो सुनुवाइ शुक्रबार हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया