मौद्रिक नीतिको शेयर बजारका लगानीकर्ताद्धारा स्वागत


आर्थिकन्यूज

काठमाडौं, असार २८ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को शेयर लगानीकर्ता संघ नेपालले स्वागत गरेको छ ।

मौद्रिक नीतिमा वित्तीय क्षेत्रको तरलतालाई समाधान गर्न सिआरआर ४ प्रतिशतमा सिमित बनाएको छ त्यस्तै, भारतीय मुद्रामा समेत पूँजीको २५ पतिशत ऋण ल्याउन पाउनुे अबस्था सकारात्मक रहेको संघले जनाएको छ ।

शेयर कारोवारका क्षेत्र विस्तार गर्न बाणिज्य बैंकहरुलाई सहायक कम्पनी मार्फत धितोपत्र कारोवार गर्न मौद्रिक नीतिमा व्यबस्था गरेकोले शेयर बजारको विकासमा नयाँ आयाम भएको जनाएको छ ।

त्यस्तै मार्जिन कलबाट समस्या भोगीरहेका लगानीकर्ताहरुलाई २० प्रतिशत मार्जिन घट्दासम्म कल गर्न नपाईने व्यवस्था गरिनु, लघुवित्त संस्थाहरुको कोषको अतिरिक्त लागत बढीमा ६ प्रतिशत थप गरि कर्जाको व्याजदर कायम गर्न पाउने व्यवस्था गरिनु स्वागत योग्य रहेको संघले बताएको छ ।

विपन्न वर्गको कर्जामा बाणिज्य बैंक, विकास बंैक र वित्तय संस्था समेतले कर्जामा ५ प्रतिशत छुट्याउनु पर्ने बाध्यात्मक व्यवस्थाले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने आशा संघले गरेको छ ।

संघले शेयर ऋण लिनको लागि ८०प्रतिशतसम्म मार्जिन ऋण माग गरिएको र मार्जिन ऋणको औषत भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतसम्म ल्याउन गरेको माग भने सम्बोधन नभएकोप्रति दूःख व्यस्त गर्दै मागको सम्बोधन गर्न माग समेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया