भारत विश्वको छैटौं ठूलो अर्थतन्त्र भएको देश, नोटबन्दीको असर विस्तारै कम हुँदै


आर्थिकन्यूज

एजेन्सी, असार २८ । भारतको अर्थतन्त्रमा मोदी सरकारले लगाएको नोटबन्दीको असर कमहुँदै गएको तथ्यांक बाहिर आउन थालेको छ । यसको पछिल्लो उदाहरण सन् २०१७ को विश्वभरीका देशको अर्थतन्त्रको तथ्यांकमा भारत छैटौं नम्बरमा पर्न सफल भएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको तथ्यांकमा फ्रान्सलाई उछिन्दै भारत छैटौं नम्बरमा आउन सफल भएको हो । फ्रान्स सातौं नम्बरमा धकिलिएको छ । अमेरिका पहिलो नम्बरमा रहेको छ भने चीन दोस्रो नम्बरमा छ ।

त्यस्तै चीन पछि जापान,जर्मनी र बेलायत रहेको छ । विश्व बैंकको तथ्यांकका अनुसार भारतको अर्थतन्त्रको आकार २ दशमलब ५९७ खर्ब अमेरिकी डलर रहेको छ जहा फ्रान्सको २ दशमलब ५८२ खर्ब अमेरिकी डलर रहेको छ । तर, भारतकोभन्दा फ्रान्सको प्रति व्यक्ति आय भने २० गुणा बढि रहेको छ ।

भारतको जनसंख्या १३४ करोड पुगिसकेको छ भने फ्रान्सको जनसंख्या ६ दशमलब ७ करोड रहेको छ । विश्व बैंकले आफ्नो रिर्पोटमा भारतको उत्पादमूलक उद्योगको योगदानका कारण अर्थतन्त्रमा वृद्धि भएको जनाएको छ । पछिल्लो १० वर्षमा भारतको कुल ग्राहस्थ उत्पादन(जीडीपी)को वृद्धि दोब्बर भएको समेत विश्व बैंकले आफ्नो रिर्पोटमा उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया