पुँजी बजारले मौद्रिक नीतिलाई पत्याएन, नेप्से ११ सयको तहमा झर्यो


आर्थिकन्यूज
बजार

काठमाडौं, असार २८ । बिहिबार बजार खुल्ना साथ निरन्तर उकालो लागेको नेप्से ४५ मिनेटमा ओरालो लागेर बन्द भएको हो । नेप्से १३ दशमलव ६६ अंकले घटेर १ हजार १ सय ९१ दशमलव ९८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने २ दशमलव ९३ अंकले घटेर २ सय ५१ दशमलव ०५ अंकमा पुगेर बन्द भएको छ ।

बिहिबार १ सय ७३ कम्पनीहरुका १६ लाख २० हजार ८ सय ८० कित्ताको शेयर खरिदबिक्री भई ४५ करोड ४४ लाख ६ हजार २ सय ५६ रुपैयाँ कारोबार भएको छ ।

बिहिबार सवार्धिक कमाउनेमा कञ्चन डेभलपमेन्ट बैंक लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ८ दशमलव ५१ प्रतिशतले कमाएको छ । त्यस्तै सपोट माइक्रोफाइनान्सको ६ दशकलव ८६ प्रतिशत, नेपाल हाइडोपावरको ६ दशमलव ५१ प्रतिशत र एनएमबि माइक्रोफाइनान्सकाको ६ दशमलव २३ प्रतिशतले कमाएको छ ।

त्यस्तै यस दिन सर्वा्िधक गुमाउनेमा नागबेली लघुवित्त विकास बैंकको ६ दशमलव ७० प्रतिशतले घटेको छ ।
यस दिन एउटा समुह बाहेक सबै समुहमा हरियाली छाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया