पाल्पा बस दुर्घटना : घाइतेको उद्धार


रासस

रामपुर, पाल्पा,  असार २८ । तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस आज बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते १६ जनाको उद्धार गरिएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बस सडकबाट करीब २० मिटर तल खसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया