पहिरोले पुर्दा भक्तपुरमा एकै परिवारका ३ जनाको ज्यान गयो


आर्थिकन्यूज

काठमाडौं, असार २८ । पहिरोले घर पुर्दा भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ६९ वर्षीय हिरा लामा, ६२ वर्षीया पानमाया लामा र ३ वर्षीया नातिनी सम्पदा लामा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया