कभर भिडियो पठाउने उत्कृष्ठलाई पचास हजार दिने


आर्थिकन्यूज

काठमान्डौं, असार २८ । युवा पुस्तामा निकै राम्रो पप गीत मार्फत चर्चामा रहेका गायक शेखर बगडियाको आवाजमा रहेको “हुक्का रे ” गीतको भिडियो सार्वजनिकभए सगैँ गायक शेखर बगडियाको नयाँ गीतको कभर भिडियो बनाएर पठाउने उत्कृष्ठ एक जनालाई नगद पचास हजार नगद पुरस्कार प्रदान गरीने भएको छ ।

भिडियो बनाएर गमोबाइल अथवा कुनै पनि माध्यमबाट भिडियो खिचेर गायक शेखर बगडियाको इमेल ठेगाना९तजभकबचपबबचण्ज्ञड२नmबष्।िअयm०मा पठाउनु पर्नेछ । अन्यथा कुनैच्यानलबाट भिडियो राख्न पाईने छैन । उत्कृष्ट भिडियोलाई नगद रु पचास हजार प्रदान गरिने गायक शेखरले बताए् नेपाली युवा पुस्ताका निकै प्रतिभावान गायकको गीतलाई टिनएर्जर युवाले निकै मन पराएका छन । लागुपर्दाथ दुब्यर्सन विरुद्धमा रहेर गीतलाई निमार्ण गरिएको गायक शेखरले बताए ।

गायक शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत र विजेश्वर तन्डुकारले गीतलाई ऐरेन्ज गरेका छन । गीतको भिडियोमा सुनिल क्षेत्री , निशा जोशी , सुस्मा अधिकारी ,सौरभ अधिकारी, नेपाली ठिटो लगायत लगायतको फिचरिङ छ । अर्जुन तिवारी र साथीहरुको छायाँकन, भरत रेग्मीको सम्पादन र सुब्रतराज आचार्यको निर्देशन रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया