एनआईसी एसिया बैंकको पुनर्बासमा नयाँ शाखा खुल्यो


आर्थिकन्यूज

काठमाडौं, असार २८ । एनआईसी एसिया बैंकको कञ्चनपुरस्थित पुनर्बास शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा पुनर्बास नगरपालिकाका मेयर जीवनराज थापाले उद्घाटन गर्नुभयो ।

बैंकले २२६ शाखा, २१८ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं ११ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलात १७८ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५१ अर्ब तथा कर्जा १२० अर्ब रहेको बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया