एनआईबीएल एस र ग्लोबल आइएमई क्यापिटललाई एएमसी थ्री इक्रा रेटिङ


आर्थिकन्यूज

काठमाडौं, असार २८ । इक्रा नेपालले एनआईबीएल एस क्यापिटल र ग्लोबल आइएमई क्यापिटललाई एएमसी थ्री रेटिङ गरेको छ । विगतमा प्रदान गरेको व्यवस्थापन गुणता पर्याप्त मात्रमा आश्वस्त हुन सकिने रेटिङ एएमसी थ्रीलाई पुनः पुष्टि गरेको कम्पनीले जनाएको छ ।

इक्रा नेपालले एएमसी वानदेखि एएमसी फाइभसम्मको स्केलमा रेटिङ प्रदान गर्दछ । एएमसी वानले अति उच्च मात्रामा व्यवस्थापन गुणबारे आश्वस्थ मानिने र एएमसी फाइभले कमजोर व्यवस्थापन गुण जनाउँछ । रेटिङ २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस वर्गको तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ । इक्रा नेपालले दिने राय व्यवस्थापकले व्यवस्थापन गरेको योजनाको कानुनी पालना, वित्तीय कार्य सम्पादन तथा भविष्यको कार्य सम्पदान बारेको राय भने होइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया