आँखु खोलाको २० लाख कित्ता आइपीओ आउँदै


आर्थिकन्यूज

काठमाडौं असार २८ । आँखु खोला जलविद्युत कम्पनीलाई २० लाख कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले ८ लाख कित्ता (१० प्रतिशत) आयोजना प्रभावित स्थानीय वासिन्दालाई र १२ लाख कित्ता (१५ प्रतिशत) सर्वसाधारणलाई बिक्री गर्न अनुमति पाएको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस आइपीओमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ । कम्पनीले हाल धादिङ्ग जिल्लामा ८.४ मेगावाट विद्युत परियोजना निर्माण गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया