सिटिजन्स बैंक र पानस रेमिटबीच सम्झौता


आर्थिकन्यूज

काठमाडौं, असार २७ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानस रेमिट प्रा. लिबीच विभिन्न देशहरुबट रकम भुक्तानी गर्नको लागि सम्झौता भएको छ । उक्त सम्झौता पश्चात युरोप लगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिन सकिने भएको छ ।

यस सम्झौता बमोजिम अब पानस रेमिट मार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्य पूर्वी देशहरु बाट नेपालमा पठाएको विपे्रषण रकम नेपालमा रहेका आफन्तहरु तथा अन्य व्यक्तिहरुले सहज रुपमा सिटिजन्स बैंकको नेपाल भर रहेको ७४ वटा शाखाहरु बाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्म राज पौडेलले हस्ताक्षर गरेका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको
छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंकले आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,

साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । यसै साता बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा, र अछामको ढकारीमा शाखा संचालन गर्ने योजना अगाडी सारेको उक्त बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया