समता माईक्रोफाइनान्सको १ लाख ८९ हजार कित्ता हकप्रद निष्काशन आजदेखि खुल्ला


आर्थिकन्यूज

काठमाडौं, असार २७ । समता फाईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (samata microfinance bittiya sanstha ltd.) को ५० प्रतिशत हकप्रद शेयर आज (बुधबार) देखि खुल्ला गरिएको छ ।

कम्पनीले १ लाख ८९ हजार ६०० कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । प्रति कित्ता एक सय दरको यो शेयरको हकप्रदको लागि यहि असार २७ गतेदेखि अर्थात आजदेखि साउन २९ गतेसम्म आवेदन दिन सकिने छ ।

यस वित्तिय संस्थाले हाल कायम चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार को २ शेयर बराबार नयाँ एक शेयर (२ः१) को अनुपातमा उक्त शेयर जारी गरेको हो । यसको हकप्रद  जेठ ११ गतेसम्म कारोबार भएका शेयर धनीले आवेदन दिन पाउने छन् ।

हाल ३ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी भएको समाता माइक्रोफाइनान्स कम्पनीको हकप्रद निष्काशन पछि ५ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।

यसको शेयर आवेदन दिन एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, लगनखेल, लालदरबार, पोखरा, बुटवल, बीगरन्ज र विराटनगर, समता माइक्रोफाइनान्सको कार्यालय र सी आस्वा लागू भएका सबै वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया