लगानीकर्तालाई मौद्रिक नीतिले आकर्षण गर्न सकेन


आर्थिकन्यूज

काठमाडौं, असार २७ । बुधबार नेप्से शुन्य दशमलव २९ अंकले घटेर १ हजार २ सय ५ दशमलव ६४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

यस दिन मौद्रिक नीतिको पखाईमा रहेका लगानीकर्ताहरु निकै अन्योलमा परेको हुँदा शेयर बजारमा आज उतावचढाव देखियो ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ०८ अंकले घटेर २ सय ५३ दशमलव ९८ अंकमा पुगेर बन्द भएको छ ।

बुधबार १ सय ७१ कम्पनीहरुका १२ लाख ५९ हजार ८ सय ४१ कित्ताको शेयर खरिदबिक्री भई ४७ करोड ६१ लाख ६६ हजार ८९ रुपैयाँ कारोबार भएको छ ।

बुधबार सवार्धिक कमाउनेमा एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले कमाएको छ । यस कम्पनीको १५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएकोले शेयर मूल्यमा वृद्धि भएको हो । त्यस्तै यस दिन सर्वा्िधक गुमाउनेमा एभरेष्ट फाइनान्सको प्रफेरन्स शेयर ५ दशमलव ६५ प्रतिशतले, सोल्टि होटलको शेयर ५ दशमलव ४९ प्रतिशत र बरुण हाइड्रोपावरको ५ दशमलव ०३ प्रतिशतले घटेको छ ।

यसस दिन ६ वटा समुहहरु बढेका छन् भने ३ वटा समुहहरु घटेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया