राजमार्गका १७०८ पुलमध्ये अधिकांश धरापमा, बार्षिक करोडौ मर्मतमा खर्च अवस्था उस्तै


आर्थिकन्यूज

काठमाडौं, असार २७ । दैनिक ३ हजार भन्दा बढी सवारीसाधन गुड्ने पूर्व पश्चिम राजमार्ग अन्र्तगत पथलैया निजगढ खण्डको दुधौरा पुल दुई पटक भासियो । पहिलोपटक २०७१ साउनमा र दोस्रोपटक २०७४ साउनमा ।

पुल सञ्चालनमा ल्याउन करिब डेढ महिना लाग्यो । डाइभर्सन बनाएर अस्थाीइ रुपमा रुपमा सवारी साधन सञ्चालन गरियो । यात्रु दैनिक सास्ती खेप्न बाध्यन भए । मालबाहक सवारी साधन सडकमै रोकिए । दैनिक उपभोग्य बस्तु ढुवानीमा कठिनाई भयो । दोस्रो पटकको मर्मतमा मात्रै करि ब२३ लाख रुपैयाँ खर्च भयो ।

पहिला समस्या आएकै पुलमा दोस्रो पटक पनि थपियो तर सुरुमा मर्मत गरेको भन्द फरक ठाउँमा भासियो । मुख्य राजमार्गका १७०८ पुलमध्इे प्रत्येक वर्ष ठूला तीन ४ वटामा समस्या आइरहेको छ ।  ती पुलमध्ये मर्मतमा वर्षेनी २० करोड भन्दा बढी खर्च हुने गरेपनि आवागमन सहज भने हुन सकेको छैन् । कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया