यूनाइटेड फाइनान्स र यूनियन लाइफबिच बैंकासुरेन्स सम्झौता


आर्थिकन्यूज

काठमाडौं, असार २७ । यूनाइटेड फाइनान्स र यूनियन लाइफ इन्स्योरेन्स बिच बैंकासुरेन्स सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनन्द ब. श्रेष्ठ र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेको हो ।

सो सम्झौता अनुसार यूनियन लाइफ इन्स्योरेन्सको जीवन बिमा योजना फाइनान्सले आफ्नो कर्पोरेट तथा शाखा कार्यालयहरुबाट आफ्ना ग्राहकहरु समक्ष बिक्री गर्ने भएको छ ।

यूनियन लाइफ इन्स्योरेन्समा हाल १० प्रकारका योजनाहरु संचालनमा रहेका छन् । कम्पनीले ल्याएका प्रभावकारी योजनाहरुको कारण छोटो समयमा कम्पनी बीमा क्षेत्रमा स्थापित भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया