मौद्रिक नीतिमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य


आर्थिकन्यूज

काठमाडौं, असार २७ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले १४० बुँदाको मौद्रिक नीति सार्वजनिक गरेका छन् । मौद्रिक नीतिमा सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा हुने
लक्ष्य राखेको छ ।

यो लक्ष्य प्राप्तिलाई सहजीकरण गर्न रोजगारी प्रवद्र्धन र उद्यमशीलता
विकासका लागि वित्तीय साधनको परिचालनमा मौद्रिक नीतिले जोड दिनेछ । यसका साथै
ब्याजदर स्थायित्व कायम गर्नेतर्पm मौद्रिक नीति केन्द्रित रहने उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया