पर्यटकको दैनिक खर्च ५३ डलर मात्रै, पर्यटक बढ्दै पर्यटनबाट हुने आम्दानी भने घट्दै


आर्थिकन्यूज

काठमाडौं, असार २७ । नेपाल आएका विदेशी पर्यटकले दैनिक कति खर्च गर्छन् ? पर्यटन मन्त्रालयका पूर्व सचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ डलर मात्र छ ।

थापाको भनाइमा यो खर्च निकैकम हो । त्यसो भए पर्यटकको खर्च बढाउने उपाय के छन् ? थापा भन्छन, ‘पर्यटक रमाउने आकर्षक गतिविधि गर्नुपर्यो ।’ अनि सस्तोमा सेवा दिनु भएन । महंगा पूर्वाधार विकास गर्न हिच्किचाउनु भएन ।

नेपालका पर्यटकीय प्रडक्टलाई पर्यटन व्यवसायीले उच्च मूल्यमा बेच्न नसक्दा पर्यटकले खर्च गर्ने ठाउँ नपाएको थापाको भनाई छ ।

पोखरामामात्र नभई आसपासका क्षेत्रमा गतिविधि बढाउँदै पूर्वाधार थप्दै जाने हो भने पर्यटकले खर्चगर्ने ठाँउ पाउने उनकलो बताए ।

सन् २०१७ मा नेपालमा साढे ९ लाख पर्यटक आएका थिए । सन् २०१८ मा १० लाख नाघ्ने अनुमान गरिएको छ । नागरिक दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया