कैलाशको ५४औं शाखा भलबारीमा


आर्थिकन्यूज

काठमाडाैं, असार २७ । कैलाश विकास बंैक लिमिटेडल बुधबार रुपन्देहीको भलबारीमा आफ्नो ५४ औँ शाखा स्थापना गरी कारोवारको शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, भैरहवाका मुख्य व्यवस्थापक अशोक पौडेलबाट एक समारोहकाबीच सुसम्पन्न भभएको हो । उक्त समारोह संस्थाका संचालक श्री चिन्तामणी पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।

यस नयाँ शाखा सहित उक्त बैंकको शाखा संख्या ५४ पुगेका छन् भने एटिएम संख्या २५ पुगेका छन् । बैंकले निकट भविष्यमा धनुषा जिल्लाको जनकपुर, ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग नवलपरासी जिल्लाको कावासोती र वर्दघाट तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ ।

यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२२ अर्व ३ करोड निक्षेप संकलन गरी रु.१९ अर्ब ७० करोड कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

यस संस्थाले नेपाल चार्टर्ड एकाउनटेन्ट संस्थाबाट ई.सं. २००९ मा पहिलो पटक र त्यस पछि २०१४ देखि २०१७ सम्म लगातार ३ बर्ष उत्कृष्ट वित्तीय प्रतिवेदन सम्मान प्राप्त गरेको छ भने नेपाल राष्ट्र बैंकको रजत जयन्तीको अवसरमा उत्कृष्ट वित्तीय संस्थाको सम्मान लगायत अन्य सम्मानहरु समेत प्राप्त गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया