उपत्यकाका ३ जिल्लामा ट्रिपर चलाउन प्रतिबन्ध


आर्थिकन्यूज

काठमाडौं, असार २७ । अब देखि काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ । ट्रिपरका कारण उपत्यकामा सवारी दुर्घटना अत्याधिक बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।

यसअघि मंगलबार (हिजाे)मात्रै जडिबुटीमा ट्रिपरको ठक्करबाट भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको थियो । मोटरसाइकल चालक अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । स्मरण रहाेस साेही स्थानमा एक महिना अघि पनि ट्रिपरले एककाे ज्यान लिएकाे  थियाे ।

गृह स्रोतले जनाए अनुसार अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।

ट्रिपरका कारण हुने दुर्घटना अत्याधिक बढेपछि अाम मानिसकाे अावत जावत हुने विहानदेखि बेलुकासम्म चलाउन नपाउने ब्यबस्था गर्न गृह मन्त्रालयले यसमा चासो देखाएको हाे।

फेसबुकबाट तपाईको प्रतिक्रिया