अलास्का पहाडमा विमान ठोक्कियो, सबै यात्रु सकुशल (भिडियाे सहित)


आर्थिकन्यूज

काठमाडौं, असार २७ । अमेरिकाको लसएन्जलसमा ११ जना सवार एक विमान मंगलबार दुर्घटना भएको छ । तर, भाग्यबस सबै सकुशल रहेको सरकारी प्रतिनिधिहरुले बताएको अन्तराष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ।

अमेरिकाका दक्षिणपूर्वी अलास्का पहाडमा विमान ठोक्किएको थियो । विमानमा १० यात्रु र एक पाइलट थिए । करिब दुई हजार फुटको उचाइमा उडिरहेको विमान अलास्का पहाडमा ठोक्किएको थियो । विमानमा सवार ११ जना घाइते मात्र भएको र अहिले केचिकन मेडिकल सेन्टरमा ल्याई उपचार भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

विमानमा गडबडी आएको जानकारी पाइलटले दिएका थिए । त्यसलगत्तै तटरक्षकहरुले दुई हेलिकोप्टर विमान त्यस तर्फ पठाएका थिए । उनीहरुले तुरुन्तै दुर्घटनास्थलबाट सबैलाई उद्धार गरेका थिए ।

सम्बन्धित भिडियाे

फेसबुकबाट तपाईको प्रतिक्रिया