श्रमिकको तलब न्युनतम १३४५० रुपैयाँ, अब प्रति घण्टा ६९ रुपैयाँमा काम गर्न पाइने


आर्थिकन्यूज

काठमाडौं, असार २६ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमिकको न्युनतम पारिश्रमीक १३४५० रुपैयाँ निर्धारण गरेको छ ।

सरकार रोजगारदाता र ट्रेड युनियन प्रतिनिधि सम्मिलित न्युनतम पारिश्रमीक निर्धारण समितिले सिफारिश गरेको आधारमा मन्त्रालयले सोमबार पारिश्रमिक निर्धारण गरेको हो ।

मन्त्रालयका अनुसार १३४५० रुपैयाँमध्ये आधारभूत पारिश्रमिक ८ हजार ४५ रुपैयाँ र भत्ता ४९९५ रुपैयाँ तोकिएको छ ।दैनिक ज्यालादारीमा काम गर्ने श्रमीकको न्युनतम पारिश्रमिक ५ सय १७ रुपैयाँ तोकिएको छ ।

सरकारले पहिलोपटक प्रतिघण्टाको पारिश्रमिक ६९ रुपैयाँ तोकेको छ । जसमा आधारभूत पारिश्रमिक ३४ रुैयाँ र भत्तावापत २६ रुपैयाँ निर्धारण गरिएको छ ।कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया